fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

बागलुङ नगरपालिका–३ ले वडाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । तीन ‘ह्वीलचियर’, पाँच ‘कमटट्वाइलेट’, दुई ‘ब्लाइण्ड स्टिक’ र चार ‘डिसेवल स्टिक’ प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सघाउन सहायता सामग्री वितरण गरिएको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिए । वडाले चालू आवमा ५० हजार रुपैयाँ बजेट सो कार्यमा विनियोजन गरेको थियो ।

सहायता सामग्रीको सहयोगबाट अपांगताका कारण हिँडडुल गर्न नसक्ने, शौचालय जान नसक्ने र न्यून दृष्टि भएका व्यक्तिले लाभ लिएका छन् । वडा कार्यालयबाट सहायता सामग्री पाएपछि अपांगता भएका व्यक्ति खुशी छन् ।

हराएकी बालिका सकुशल भेटिइन्

एक सातादेखि बेपत्ता काठेखोला गाउँपालिका–७ की १२ वर्षीया सन्ध्या बस्याल सकुशल भेटिएकी छिन् । उनलाई चितवनको एक होटलमा काम गर्न बसेको अवस्थामा नेपाल प्रहरीले फेला पारेको हो ।

‘चितवन प्रहरीको सहयोगमा बालिकालाई उद्धार गरी शुक्रबार साँझ अभिभावकको जिम्मा लगाइसक्यौँ,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक अनु राईले भने । होटलमा रहेको सूचनाका आधारमा प्रहरीले बालिकालाई भेट्टाएको हो ।

यही माघ १७ गते बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा थिए । साता दिन बित्दासमेत बालिका सम्पर्कमा नआएपछि प्रहरी, अभिभावक र स्थानीयवासीले खोजीकार्य तीव्र पारेका थिए । उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्छिन् । (रासस)

प्रकाशित समय ०९:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु