fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ विज्ञान र प्रविधिमा नयाँ पुस्ता निर्माणलाई प्राथमिकता : मुख्यमन्त्री राई

विज्ञान र प्रविधिमा नयाँ पुस्ता निर्माणलाई प्राथमिकता : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको विकासलाई प्रदेशको समृद्धिसँग जोडेर लैजाने बताएका छन् ।

विराटनगरमा बिहीबारदेखि सुरु ‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’विषयक जीव वैज्ञानिकहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले विज्ञान र प्रविधिलाई प्राथमिकतामा राखेको बताए । उनले विज्ञान र प्रविधिमा नयाँ पुस्ता निमार्णका लागि प्रदेशमा माध्यमिक विद्यालयहरुबाट सुरु गरेको जानकारी गराउँदै २९ वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिसकेको उल्लेख गरे ।

विज्ञान र प्रविधिमा आधारित उद्योगहरूको स्थापना र प्रोत्साहन गर्ने नीति प्रदेश सरकाले लिएकाले जीव विज्ञान र प्रविधिका क्षेत्रमा भएका खोज अनुसन्धानको सहयोग लिएर प्रदेश सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार पार्ने बताए । मुख्यमन्त्री राईले वातावरणको संरक्षण, जलवायु परिवर्तन र कार्बन सञ्चितीकरणजस्ता विषयमा प्रदेश सरकारले योजनावद्ध रुपमा काम गरिरहेको बताउँदै यस्ता विषयका खोज अनुसन्धान गरी सरकारलाई सहयोग गर्न वैज्ञानिकहरुलाई आग्रह गरे ।

उनले प्रदेशमा १ मा रहेका विभिन्न ठाउँलाई जैविक विविधताका केन्द्रका रुपमा विकास गर्न प्रदेश सरकारले काम गरिरहेको बताउँदै यसबाट यस क्षेत्रको पर्यटनमा समेत विसका पुग्ने बताए । देशभरबाट भेला भएका जीव वैज्ञानिकहरुलाई प्रदेश १ का पर्यटकीय क्षेत्रको अवलोकन गरेर मात्र फर्कन पनि मुख्यमन्त्री राईले आग्रह गरे ।

प्रकाशित समय १५:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु