fbpx
corona information

गृहपृष्ठ भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लाग्यो : प्रचण्ड

भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लाग्यो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारले मनाइरहेको ‘भ्रमण वर्ष २०२०’लाई कोरोना भाइरसले नकरात्मक असर पारेको बताएका छन् । बुधबार प्रेस संगठन नेपालले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले कोरोना भाइरसले भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लागेको बताए ।

कोराना भाइरसका कारण त्रसित हुनुपर्ने अवस्था नरहेको तर त्यसबाट सतर्क भने रहनुपर्ने उनले बताए । ‘देशको कुनै कुनामा सानो समस्या देखापर्‍यो भने क्षणभरमै विश्वव्यापी हुन्छ । हाम्रो देशमा कोरोनाको केही प्रभाव त परेको छ तर आत्तिनुपर्ने अवस्था भने होइन,’ उनले भने, ‘नेपालमा अहिले एकजना पनि संक्रमित छैनन् । एकजनामा संक्रमण हो कि भनिएको थियो तर होइन भन्ने पुष्टि भइसक्यो । त्यसैले अब हामी त्रसित हुनुपर्ने अवस्था छैन ।’

विदेशमा भएका नेपालीहरुलाई फिर्ता ल्याउने र सुरक्षित रुपले राख्ने तयारी सरकारले गरिरहेको उनले बताए । ‘सरकारले कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउने काम पनि गरिरहेको छ,’ उनले थपे, ‘चीनले पनि नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको छ ।’

चीनलाई मन नपराउने शक्तिहरुले गलत प्रचार गरेर वातावरणलाई त्रसित बनाइदिने काम गरेको हुनसक्ने प्रचण्डले बताए ।

प्रकाशित समय १७:१७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु