fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ दिगो विकासको लक्ष्यअनुरूप नीति निर्माण गर्न माग

दिगो विकासको लक्ष्यअनुरूप नीति निर्माण गर्न माग

‘दिगो विकास लक्ष्यहरू कार्यान्वयनको अवस्था र प्रगति’ विषयक कार्यशालाका सहभागीहरुले दिगो विकासलाई ध्यानमा राखी कानुन निर्माण गरिनुपर्ने बताएका छन् । बियोन बेइजिङ कमिटीको आयोजना तथा सीमान्तकृत महिलाहरुको लागि महिला संस्था वाम, भिएस्सो लगायतका संस्थाको समन्वयमा वीरेन्द्रनगरमा कार्यशाला आयोजना गरिएको थियो ।

संस्थाकी सिनियर काउन्सिलर निशा पौड्यालले सरकारले भौतिक पूर्वाधार विकासमा मात्रै ध्यान नदिएको बताइन् । मानवीय विकासमा कसैको ध्यान नगएको उनका गुनासो थियो । ‘जनप्रतिनिधिहरुको सोचमा परिवर्तन गर्नुपर्छ । जब भाषण गर्ने तर व्यवहारमा लागू नगर्ने हो भने परिवर्तन कसरी हुन्छ ?’ प्रश्न गरिन् । उनले स्थानीय तहले नै दिगो विकासको लक्ष्य अनुरूप नीति निर्माण गरी सोहीअनुरुप कार्यक्रम गर्नुपर्ने बताइन् ।

त्यस्तै आशा सन्जाल सुर्खेतको अध्यक्ष समिना बानुले स्वास्थ्यकर्मीहरूले नै अस्पतालबाट लैंगिक विभेदको सुरूवात गर्ने बताइन् । ‘अस्पतालमा छोरा जन्मियो भने नर्सहरू लड्डु माग्दै हिँड्छन्,’ उनले भनिन्, ‘छोरी जन्मिए वास्ता हुँदैन ।’ जसले गर्दा अस्पतालबाटै परिवारले विभेद सुरू गर्ने उनले बताइन् ।

उनले हरेक क्षेत्रमा कानुन निर्माण गर्दा दिगो विकासको लक्ष्यलाई ध्यानमा राख्नुपर्ने आवश्यकता औंल्याइन् । कार्यक्रममा सहभागी अधिकांशले कर्णाली प्रदेश सरकारले यसमा विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

सिमान्तकृत महिलाहरुको लागि महिला संस्था वामकी निर्देशक मधुरानी ढकालले कर्णाली प्रदेश दिगो विकासका सबै १७ वटा लक्ष्यमा पछाडि रहेको बताइन् । उनले शिक्षा, स्वास्थ्य, खाद्य, लगायतका सबै क्षेत्रमा कर्णाली पछाडि रहेकाले यसमा सरोकारवालाले ध्यान दिनुपर्ने बताइन् ।

कार्यक्रममा वियोन बेइजिङ कमिटीका महासचिव कृष्णकुमारी वाइवा र कमिटीकी दिगो विकास अधिकृत कल्पना राईले ‘दिगो विकासका लक्ष्य र कार्यान्वयन’का विषयमा प्रस्तुतीकरण राखेका थिए ।

प्रकाशित समय १२:२५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु