fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ राष्ट्रियसभा : गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ विजयी

राष्ट्रियसभा : गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ विजयी

राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका छन् । पार्टी प्रवक्ता  श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी भएका हुन् ।

श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गरे  ।यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गरिन् ।

अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शंकर बरालले १९८ मत प्राप्त गरेको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २३० मध्ये २२८ जनाले मतदान गरेका थिए ।

प्रकाशित समय १८:२५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु