fbpx
newskarobar-job-vacancy
NIC ASIA- magh 1

गृहपृष्ठ बाजुरा र पर्वतमा २ जनाको शव फेला

बाजुरा र पर्वतमा २ जनाको शव फेला

death-newskarobar

पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् ।

अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुन सक्ने आंशका गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

त्यस्तै बाजुराको जिल्लास्थित बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जंगबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीले विष्टको मृत्युबारे अनुसन्धान जारी राखेको जनाएको छ । विष्ट मालिका नमूना माविमा कार्यरत थिए । आवश्यक अनुसन्धानपछि मात्र शव परीक्षण गर्नुपर्ने माग आफन्तले राखेका छन् ।

बँदेल आक्रमणबाट मृत्यु

सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ ।

घर नजिकै जंगलमा खर काटन गएकी सदालाई जंगली बँदेलले एक्कासी आक्रमण गर्दा घाइते पारेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिए । (रासस)

प्रकाशित समय ०८:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु