fbpx
newskarobar-job-vacancy
NIC ASIA- magh 1

गृहपृष्ठ सरकारको कामकारवाही सुधार हुनुपर्छ : नेपाल

सरकारको कामकारवाही सुधार हुनुपर्छ : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कामकारवाहीमा सुधार गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारको कामकारवाहीका विषयमा जनताले उठाएका प्रश्नहरुप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

‘आत्मसन्तुष्टिमा रमाउने मात्र होइन । जनताले उठाएका उचित गुनासोहरुको सरकारले सम्बोधन गर्नुपर्छ,’ उनले भने । नेता नेपालले पार्टीको लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको दाबी गरे । पार्टीले विगतमा जितेको केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयन लगायतका कारण भएको उनको तर्क थियो ।

सञ्चारकर्मीहरुको जिज्ञासामा उनले पार्टीभित्र ‘एक व्यक्ति एक पद’को नीतिअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग-अलग हुनुले सरकार सञ्चालन र पार्टी संगठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गरे । नेपालले कालापानी र लिपुलेक सम्बन्धमा सत्य र प्रमाण सहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकेको जानकारी दिँदै उनले सरकारीस्तरको वार्ताबाट समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

‘सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाँदा दुई देशबीच विवाद सिर्जना हुन्छ । यो समस्यालाई छलफल र वार्तावाट समाधान गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित समय १८:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु