fbpx
Rashifal Ad

गृहपृष्ठ ३५ करोड लागतमा लज सञ्चालन

३५ करोड लागतमा लज सञ्चालन

टप स्विमिङ पुलसहितको सराङकोट माउण्टेन लज सञ्चालनमा आएको छ । लजको चार तलामाथि रहेको स्विमिङ पुलबाट माछपुच्छ्रे, अन्नपूर्णलगायत हिमश्रृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिने लजका व्यवस्थापक प्रदीप न्यौपानेले बताए ।

होटल बाराहीका सञ्चालक विप्लव पौडेलसहित युवा पर्यटन व्यवसायी नारायण पहारीको लगानीमा सो लज सञ्चालन गरिएको हो । सञ्चालकहरुका अनुसार लजमा करिब ३५ करोड रुपैयाँ लगानी भएको छ । लज पोखरादेखि साढे १३ किलोमिटर दुरीमा रहेको छ ।

लजमा दुईवटा सुइट र २८ वटा डिलक्स रुम रहेका छन् । व्यवस्थापक पौडेलका अनुसार उक्त लज स्थानीय ढुंगा, माटो प्रयोग गरी पुरानो शैलीमा निर्माण गरिएको छ । उनले भने, ‘हाम्रो यो प्रयास पोखरामा दिगो पर्यटनका लागि हो । सराङकोटमा स्तरीय होटलहरुको अभाव भएकाले हामीले त्यसैलाई ध्यान दिएर लगानी गरेका हौँ ।’

उनका अनुसार लजमा ८० जना क्षमताको सभाहल, स्पाः मसाज, ५४ जना क्षमताको रेष्टुरेण्ट, बार, लाउन्ज रुमको सुविधा छ । दुई वर्षमा निर्माण सम्पन्न भएको सो लजमा ३२ जनाले रोजगारी पाएका छन् ।

उद्घाटनको अवसरमा लजले जोडीलाई एक रातको १० र एकलका लागि ८ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको व्यवस्थापक न्यौपानेले जानकारी दिए । उनका अनुसार विदेशीको लागि जोडीको १ सय २० अमेरिकी डलर निर्धारण गरिएको छ । लजमा नेपाली, भारतीय, कन्टिनेन्टल तथा चाइनिज खाना उपलब्ध छन् ।

लजदेखि नजिक रहेको कास्कीकोट दरबार, ठुलीपोखरी, जंगल वाक, छोटो हाइकिङ (लजदेखि तोरीपानी, नौडाँडासम्म)ले पर्यटकहरुको सराङकोट बसाइ उत्कृष्ट बनाउने व्यवस्थापक पौडेलले दाबी गरे । उनका अनुसार लजबाटै जीप फ्लायर, प्याराग्लाइडिङ, साइक्लिङ गर्न सकिनेछ ।

प्रकाशित समय १६:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु