fbpx
Rashifal Ad

गृहपृष्ठ अरिङ्गाल खाँदा १० जना बिरामी, १ को अवस्था गम्भिर

अरिङ्गाल खाँदा १० जना बिरामी, १ को अवस्था गम्भिर

अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ ।

बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् ।

शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर १२ जनाले खाएका थिए । बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको थियो । उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको छ ।

अहिले उनिहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुमपूर्वका अहेव मदन खड्काले जानकारी दिए । (रासस)

प्रकाशित समय ११:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु