fbpx
Nepal Mediciti

गृहपृष्ठ जीप सडकबाट ३ सय मिटर तल खस्यो, ३ जनाको घटनास्थलमै मृत्यु

जीप सडकबाट ३ सय मिटर तल खस्यो, ३ जनाको घटनास्थलमै मृत्यु

durghatna-accident-newskarobar

सदरमुकाम सन्धिखर्कनजिक सोमबार दिउँसो भएको जीप दुर्घटनामा परी ३ जनाले घटनास्थलमै ज्यान गुमाएका छन् । दुर्घटनामा ६ जना घाइते छन् । मृत्यु हुने र घाइते कसैको पनि सनाखत हुन नसकेकाे प्रहरीले जनाएको छ ।

कृष्णनगरबाट सन्धिखर्कतर्फ आइरहेको लु. १ ज ४३२९ नम्बरको जीप सन्धिखर्क -६, नरपानीमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । चालकले ‘ब्रेक फेल भएर जीप दुर्घटना भएको’ प्रहरीसमक्ष बताएका छन् ।

घाइतेहरूको उद्दार गरी अस्पतालतर्फ पठाउने कार्य भइरहेकाे प्रहरीले बताएको छ ।

प्रकाशित समय १५:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु