fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ हाँगा काटेर १५ लाखको रूद्राक्ष चोरी

हाँगा काटेर १५ लाखको रूद्राक्ष चोरी

rudraksha chori_news karobar

खाँदबारी–३, बुढाथोकीटोलमा गएराति हाँगै काटेर १५ लाख रूपैयाँ बराबरको रूद्राक्ष चोरी भएको छ । रूद्राक्षको बोट ठेक्का लिएका देवराज पुरीका अनुसार अज्ञात समूहले कम्तिमा पनि १५ लाख रूपैयाँको रूद्राक्ष चाेरी गरेको हो ।

पुरी सहितको समूहले स्थानीय झलक बुढाथोकीकाे रूद्राक्षकाे बोट वार्षिक ७ लाख ५० हजार रूपैयाँ तिर्ने सर्तमा दुई वर्षका लागि ठेक्का लिएका थिए । दाना टिप्ने तयारी गरिरहेको बेला चोरी भएकाे पुरीले बताए । ‘रूखमै चढेर हाँगा काटेकाे पाइयाे । भएभरको सबै दाना लगेछ,’ उनले भने, ‘जान्ने बुझ्ने मान्छेले नै चोरेकाे देखिन्छ । किनकि, कुन राम्रो र कुन नराम्रो दाना हाे भन्ने छानीछानी टिपेको छ ।’

घटनाको विषयमा प्रहरीलाई जानकारी दिइसकेको पुरीले बताए । ‘घटनामा संलग्नको विषयमा आफ्नोतर्फबाट पनि बुझ्ने काम भइरहेकाे छ,’ उनले भने ।

पछिल्लो वर्षहरूमा यस क्षेत्रमा रूद्राक्ष चोरी र लुटपाटका घटनाहरू बढ्दाे छ । संखुवासभा र भोजपुरमा उत्पादन हुने रूद्राक्षकाे मूल्य बढेसँगै यसकाे काराेबारमा जोखिम र आपराधिक घटनाहरूसमेत हुने गरेकाे छ ।

प्रकाशित समय १४:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु