fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ वुमन्स फिजिक एन्ड बिकिनी च्याम्पियनसिपको उपाधि सुजिता र रुपालाई

वुमन्स फिजिक एन्ड बिकिनी च्याम्पियनसिपको उपाधि सुजिता र रुपालाई

bikini-newskarobar

पोखरामा सम्पन्न प्रथम ‘वुमन्स बिकिनी एन्ड फिजिक च्याम्पियनसिप २०१९’ को उपाधि काठमाडौंकी सुजिता मानन्धर र ललितपुरकी रुपा केसीले जितेका छन् । गोर्खाज क्लासिकको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिताबाट फिजिकतर्फ सुजिता मानन्धर र बिकिनीतर्फ रुपा केसीले उपाधि हात पारका हुन् ।

उपाधिसँगै मानन्धरले नगद २ लाख रुपैयाँ तथा केसीले नगद ८० हजार रुपैयाँ हात पारे । फिजिकतर्फ दोस्रो बनेकी काठमाडौं केज टोटल फिटनेककी रोजी लामाले १ लाख ५ हजार प्राप्त गरिन् भने तेस्रो बनेकी फिटनेस स्टपकी सनम मुलगुठीले ८० हजार पाइन् ।

प्रतियोगितामा पावर जिम पोखराकी कमला थापा चौथो र वेब फिजिकल फिट्नेस भक्तपुरकी जस्मिन लामा पाँचौं बने । बिकिनीतर्फ उपविजेता बनेकी सपना गुरुङलाई ६० हजार र सान्त्वना स्थान हासिल गरेकी याङदोङ लामालाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगितामा अञ्जली थापा र श्रुती कार्की क्रमशः चौथो र पाँचौं भए । प्रतियोगितामा बिकिनीतर्फ १० र फिजिकतर्फ १० जनाको सहभागिता थियो ।

प्रकाशित समय १३:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु