fbpx

गृहपृष्ठ संस्कृत भाषा र पूर्वीय दर्शन कक्षा सुरु

संस्कृत भाषा र पूर्वीय दर्शन कक्षा सुरु

पूर्वीय वाङ्मय प्रतिष्ठानको आयोजनामा शनिबारदेखि यहाँ संस्कृत भाषा र पूर्वीय दर्शन विषयको सातौँ सत्रको कक्षा सुरु भएको छ । उक्त कक्षामा संस्कृत भाषा, देवनागरी लिपिका अक्षर र शब्द संरचना तथा पूर्वीय वाङ्मयका स्रोत, वेद, गीता, वैदिक समाज, संस्कार, मानव विकासक्रम, आत्मा, आयुर्वेद आदि विषयमा ज्ञान दिइनेछ ।

डा. लक्ष्मणप्रसाद गौतम र डा. नारायण गड्तौलाले हरेक शनिबार दिने उक्त प्रशिक्षणमा प्राध्यापक, शिक्षक, निजामती सेवाका कर्मचारी, औषधि व्यवसायी, लेखा परीक्षक, पत्रकार, विद्यार्थी, व्यापारी, गैससकर्मी आदि गरी १७ जनाको सहभागिता छ ।

हजारौँ वर्ष लामो इतिहास बोकेको भाषाहरूको जननी मानिने संस्कृत भाषा र जीवन्त सभ्यता, अमूल्य संस्कृति र ज्ञानविज्ञानको धनी पूर्वीय वाङ्मयको पुनर्जागरण गर्ने प्रतिष्ठानको प्रयास रहेको कार्यक्रम संयोजक विवेक घिमिरेले बताए । १८-२० दिनको उक्त कक्षाबाट संस्कृत भाषा सामान्य बोल्न र राम्रोसँग अर्थ लगाउन सकिने उनको भनाइ छ । (रासस)

प्रकाशित समय १४:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु