गृहपृष्ठ प्राइम लाइफबाट बिदा भए सीईओ मनोज भट्टराई
प्राइम लाइफबाट बिदा भए सीईओ मनोज भट्टराई

आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले बिदा भएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाडेका हुन् ।
भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो । बिमा र बैंकिङ क्षेत्रमा झण्डै तीन दशकभन्दा बढी काम गरिसकेका भट्टराईले व्यवस्थापकीय नेतृत्व समालेपछि प्राइम लाइफ इन्स्योरेन्सले गति लिएको थियाे ।
यस्तै, कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारी दुई वर्षे करार अवधि पूरा गरि बिदा भएका हुन् ।
कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवैलाई बिदाइ गरेका छन् ।
प्रकाशित समय : ०९:३९ बजे