fbpx
corona information

गृहपृष्ठ अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस

अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस

अस्ट्रेलियामा रहेका नेपालीले पृथ्वीनारायण शाहको सम्मानमा अन्तर्राष्ट्रिय नेपाली दिवस मनाएका छन् । नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ अस्ट्रेलियामा मनाइएको युवा अभियन्ता डिला खरेलले बताए ।

सिड्नीको ओबनमा आयोजना भएको कर्यक्रमका सहभागीले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर बलियो सुदृढ नेपाल साथै विश्व मानचित्रमा नेपालीलाई स्थापित गरेको बताए । सहभागीहरूले नेपालमा बढ्दै गएको राजनीतिक ध्रुवीकरण र अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै देशको विकास र नेपाली पहिचानमा जोड दिनुपर्ने धारणा राखे ।

सिड्नीमा आयोजित कार्यक्रममा सनातन युवा परिषद्का संयोजक तथा युवा अभियन्ता मदनमणि अधिकारीले पृथ्वी जयन्तीलाई संसारभर छरिएका नेपालीले पहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु