fbpx
corona information

गृहपृष्ठ गैरआवासीय नेपाली संघको पहलमा २ लाख नेपालीको उद्धार

गैरआवासीय नेपाली संघको पहलमा २ लाख नेपालीको उद्धार

flight

गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा ‘कोभिड १९’ को विश्वव्यापी प्रभावपछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ ।विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन संघले पहल  गरिरहेको गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीले बताए ।

विदेशका विभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पीसीआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघका अनुसार साउदी, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स -यूएई, बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ।

विभिन्न दातृ संस्थाहरुद्वारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका, लगायतलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ । हालसम्म गैरआवासीय नेपाली संघले ८ सय ६२ जनालाई काठमाडाैं गन्तब्यसम्म पुग्न नि:शुल्क बस भाडास्वरूप आर्थिक सहयोगसमेत गरेको छ । संघले देशका सातै प्रदेशमा १४ लाख रुपैयाँ बराबारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु