गृहपृष्ठ बेलायत बस्दै आएका गायक बद्री केसी मृत फेला
बेलायत बस्दै आएका गायक बद्री केसी मृत फेला

करिब डेढ दशकदेखि बेलायतको लन्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुन्डिएको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।
पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत आएका थिए । लन्डनको मिलहिल स्कुलको क्याटरिङमा काम गर्दै आएका केसी लन्डनको चिरपरिचित गायक थिए । उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्थे भने पछि लन्डन सरेर स्कुलमा काम गर्दै आएका थिए । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लन्डन प्रहरीले अनुसन्धान थालेको छ । (रासस)
प्रकाशित समय ०८:१४ बजे