fbpx
corona information

गृहपृष्ठ राष्ट्रिय आविष्कार केन्द्रलाई साढे २५ हजार सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई साढे २५ हजार सहयोग

युवा सजगता अभियान भारतका संयोजक नागेन्द्रप्रसाद जोशीको पहलमा राष्ट्रिय आविष्कार केन्द्रलाई साढे २५ हजार रूपैयाँ आर्थिक सहयोग गरिएको छ ।

लामो समयदेखि भारतमा बस्दै आएका जोशीले भारतभर छरिएका नेपालीहरुबाट महाबीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाइ साढे २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । राष्ट्रिय आविष्कार केन्द्र मुलुकको आर्थिक उन्नतिको उत्तम विकल्प हुनसक्ने भन्दै सहयोग जुटाएको उनले बताए । नेपाल तरुणदल भारतको महासचिवसमेत रहेका जोशीको नेतृत्वमा विभिन्न व्यक्तिहरूले सहयोग गरेका छन् ।

सहयोग गर्नेहरुमा अभियान्ता नागेन्द्रप्रसाद जोशी तीन हजार ३६१, मीनप्रसाद फुयाल तीन हजार २०१, नेपाल विद्यार्थी संघ गुजरात शाखाका अभिषेख यादव २५ सय, अर्जुन बोगटी एक हजार ७६१, राहुल रेग्मी एक हजार ४१ रूपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै प्रतीक तिमिल्सिना एक हजार, रमेश क्षेत्रीले ८८८, भरतराज भट्ट ८३३, राजु मिजार ८०१, महादेव भट्ट ८०१, चन्दरहम्जाली मगर ८०१, गोरख बिष्ट ८०१, शिवाकान्त झा ८०१, खगेन्द्रबहादुर सिंह ८०१, जीपी न्यैपाने   ८०१ रूपैयाँ सहयोग गरेका छन् । त्यस्तै रमेश बुढाले ४०१ र कैलाश ऐडी ३३६ रूपैयाँ गरी २५ हजार ५४० रूपैयाँ सहयोग गरेको अभियान्ता जोशीले बताए ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु