fbpx
corona information

गृहपृष्ठ यो साता विदेशमा ५४४ नेपाली संक्रमित, एक जनाको निधन

यो साता विदेशमा ५४४ नेपाली संक्रमित, एक जनाको निधन

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशमा रहेका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो ।

सघका अनुसार हालसम्म विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । एनआरएनको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपाली कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा संक्रमण देखिएको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको संक्रमणाम परेका छन् । तीमध्ये ४० हजार ७२८ जना नेपाली कोरोनामुक्त भइसकेका छन् । कोरोनामुक्त हुने यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ । एनआरएनका अनुसार, यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको छ । विदेशमा १८ देशमा २८५ जना नेपालीको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

यो साता नेपालमा मात्र एक लाख ९१ हजार ६३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुकत हुनेहरुको संख्या ८१ प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा एक हजार ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

१० हजार किट स्वास्थ्य सामग्री

एनआरएनएले जापानबाट प्राप्त १० हजार थान एन्टिजिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड मूल्य पर्ने उक्त एन्टिजिन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गरेका हुन् ।

प्रकाशित समय १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु