fbpx
corona information

गृहपृष्ठ वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत नेपाली तत्काल फर्कन इच्छुक

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत नेपाली तत्काल फर्कन इच्छुक

माल्दिभ्सबाट फर्किंदै नेपाली । फाइल तस्बिर

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत नेपाली तत्काल फर्कन इच्छुक देखिएका छन् । ‘नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब’ महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीमा परेको प्रभावबारे गरेको अध्ययनले यस्तो देखाएको हो । तर, ४६ प्रतिशत नेपालीलाई प्रशासनिक प्रक्रिया र नीति नियमबारे जानकारीसमेत नभएको पाइएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको वेबीनारमा नेपाल पोलिसी इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य सरु जोशीले नेपाल फर्किएपछि हुनसक्ने विभेद, हिंसा र तनावको डरमा कतिपय नेपाली रहेको बताइन् । अधिकांश प्रवासी अनिश्चित भविष्यका कारण तनाव छन् । विदेशमा रहेका नेपाली फर्किएपछि के गर्ने भन्ने योजना नहुनु र थोरै मात्र बचत हुनुले पनि तनावमा हुने गरेको उनले बताइन् ।

बेरोजगारीकै कारण बिदेसिन्छन् युवा

अधिकांश युवा बेरोजगारीका कारण बिदेसिने गरेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार ५७ प्रतिशत युवा रोजगारीकै लागि बिदेसिने गरेका छन् । ४२ प्रतिशत युवा नेपालमा काम गर्दागर्दै पनि राम्रो आम्दानीका लागि बदेसिने गरेको पाइएको छ भने ५ प्रतिशत अन्य कारणले वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

अध्ययनअनुसार साउदी अरबमा रहेका धेरै नेपालीको कतै रेकर्ड रहेको पाइएको छ । साउदीमा रहेका ४५ प्रतिशत, यूएईमा २३ र मलेसियामा ११ प्रतिशत नेपाली तथ्यांकमा नरहेको अध्ययनले देखाएको जोशीले बताइन् । उनका अनुसार ९४ प्रतिशत पुरुष तथ्यांकमा छैनन् ।

७० प्रतिशत प्रवासी सरकारी योजनाबारे बेखबर

सरकारले प्रवासी नेपालीलाई लक्षित गरी विभिन्न योजना सञ्चालन गरेको छ । तर, ७० प्रतिशत नेपाली सरकारले सञ्चालन गरेको कार्यक्रमबारे बेखबर रहेको इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदस्य जोशी बताउँछिन् । त्यस्तै २८ प्रतिशतलाई सामान्य जानकारी रहेको र २ प्रतिशतलाई मात्रा पूर्ण जानकारी रहेको पाइएको छ । सरकारले आफ्नै ढंगले योजना बनाउने र त्यसबारे लक्षित वर्गसम्म सूचना प्रवाह नगर्ने परिपाटीका कारण श्रमिक वर्ग लाभान्वित हुन नसकेका हुन् ।

वैदेशिक रोजगारीबाट फर्किएका ८० प्रतिशत नेपाली स्वरोजगार हुन र २० प्रतिशत जागिर खान चाहन्छन् । तर, सरकारले सञ्चालन गरेका श्रम सिर्जना गर्ने कार्यक्रम, सहुलियत पूर्ण ऋण कर्जाको बारेमा भने अधिकांश बेखबर रहेको अध्ययनले देखाएको छ । व्यवस्थित योजना बनाएर बोल्ड निर्णय लिनसके विदेशबाट फर्किने श्रमिक अवसर बन्न सक्ने जोशी बताउँछिन् ।

निःशुल्क उद्धार कार्यविधि प्रभावहीन

वैदेशिक रोजगार बोर्डअन्तर्गतको कल्याणकारी कोषको रकम प्रयोग गरी बेखर्ची प्रवासीलाई फर्काउने कार्यविधि प्रभावहीन भएको जोशीको ठहर छ । उनका अनुसार कायविधिमा राखिएका केही अव्यावहारिक प्रावधानका कारण लक्षित वर्ग समेटिन नसकेका हुन् ।

प्रकाशित समय २०:०० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु