fbpx
corona information

गृहपृष्ठ विश्वभर कोरोनाका कारण ९६ नेपालीको मृत्यु, सात हजार ६२ जना संक्रमित

विश्वभर कोरोनाका कारण ९६ नेपालीको मृत्यु, सात हजार ६२ जना संक्रमित

कोरोना भाइरसका कारण विश्वभर ९६ जना नेपालीको. ज्यान गएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वभर रहेका ९६ जना नेपालीले ज्यान गुमाएका छन् भने सात हजार ६२ जना संक्रमित देखिएका छन् ।

सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यस्तै, संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरूको संख्या १५ पुगेको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्विडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको एनआरएनएले जनाएको छ । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

कोरोना भाइरसका कारणले यो सातामात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेहरूको संख्यामा युकेमा १२, युएईमा ३, साउदी अरबमा दुई र नेपालमा एक रहेको स्वास्थ्य समितिले जनाएको छ ।

संक्रमितमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एसियामा ५ प्रतिशतमा कोरोना संक्रमणमा देखिएको छ । अस्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको एनआरएनएले जनाएको छ । कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, युकेमा एक हजार दुई सय २१, बहराइनमा तीन सय ११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१ जना कोरोना संक्रमित छन् ।

यसैगरी, साउदी अरबमा छ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अस्ट्रेलियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

प्रकाशित समय ०९:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु