fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ ईपीएस भाषा परीक्षाको आवेदन शुल्क बढाउन प्रस्ताव

ईपीएस भाषा परीक्षाको आवेदन शुल्क बढाउन प्रस्ताव

ईपीएस भाषा परीक्षाको आवेदन शुल्क बढाउन प्रस्ताव गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालय, नेपालले शुल्क बढाउन कोरियाको मानव संशाधन विभाग (एचआरडी)सँग प्रस्ताव गरेको हो ।

प्रवासी मजदुरका समस्याको विषयमा छलफल गर्न शुक्रबार एमटीयूको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै कोरियाका प्रवास विभाग प्रमु किम सङ जेले शुल्क बढाउनुपर्ने प्रस्ताव आएको बताए । प्रवासी मजदुरको अधिकारका लागि क्रियाशील संस्था एमटीयूले भने सो प्रस्तावको विरोध गरेको छ । हाल आवेदन शुल्क २४ डलर कायम रहेको छ ।

छलफलमा सहभागी मजदुर युनियनका प्रतिनिधिहरुले अदक्ष कामदार ल्याउने भन्दै सञ्चालित ईपीएस प्रणालीमा ‘स्किल टेस्ट’को बहानामा भाषा पास गर्नेहरूलाई बञ्चित गरिएको भन्दै पुरानै नियम कायम गर्न माग गरेका थिए ।

भाषा परीक्षा उत्तीर्ण गरी बसेका सबै नेपालीलाई यथाशीघ्र चाँडो कोरिया ल्याउन पनि छलफलको क्रममा माग गरिएको थियो । भाषा परीक्षा पास गरेका ५ हजार ५ सय ४० जना कोरिया जान पाएका छैनन् ।

प्रकाशित समय १७:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु