fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ यूएई दुर्घटनामा नेपालीको अवस्था : १ को मृत्यु, २ को अवस्था अज्ञात, १४ घाइते

यूएई दुर्घटनामा नेपालीको अवस्था : १ को मृत्यु, २ को अवस्था अज्ञात, १४ घाइते

यूएईको आबुधाबी बस दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । बिहीबार राति भएको मिनिबस दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारीको मृत्यु भएको हो ।

प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिषा मोक्तान तामाङको अवस्था खुलेको छैन । उनीहरूको पनि दुर्घटनामा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । तर त्यसको पुष्टि भने भइनसकेको नेपाली दूतावासले जनाएको छ । दुबई प्रहरीले अस्पतालमा रहेका ३ वटा शवमध्ये एक वा दुई वटा नेपालीको हुनसक्ने बताएको छ ।

२५ जना सवार बसमा १७ जना नेपाली महिला रहेका थिए । दुर्घटनामा बस चालक पाकिस्तानी नागरिकसहित ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएको जनाइएको छ ।

घाइते भएका १४ नेपालीमा माया तामाङ (सिन्धुपाल्चोक), तुलसा थापा (झापा), सरिता थापा (सिन्धुपाल्चोक), सीता सुब्बा (इलाम), पवित्रा तामाङ (झापा), रिता सिवाकोटी (मकवानपुर पालुङ), कमला नेपाली (चापागाउँ ललितपुर), मुना राना (खुदुनाबारी झापा), सुजला विश्वकर्मा (ठेगाना नखुलेको), आशा घर्ती (दाङ), निर्मला प्रजा (चितवन) रहेका छन् ।

त्यस्तै मिना थिङ (हेटौंडा, मकवानपुर), सरिता तामाङ (नुवाकोट) र वर्षा विक (धरान, सुनसरी) रहेका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रकाशित समय १४:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु