fbpx
Rashifal Ad

गृहपृष्ठ भारतको कदमबाट विश्वभरका नेपाली क्षुब्द

भारतको कदमबाट विश्वभरका नेपाली क्षुब्द

kumar-panta-newskarobar

भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपाली क्षुब्द भएको अध्यक्ष कुमार पन्तबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषय, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा भारत एकपक्षीय ढंगबाट अघि बढेको भन्दै एनआरएनएले भर्त्सना गरेको छ ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिन एनआरएनएले अपिल पनि गरेको छ । ‘अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पूर्ण विदेशमा रहेका नेपाली प्रतिबद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय १६:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु