fbpx
Nepal Mediciti

गृहपृष्ठ अमेरिकाको मिजुरीमा सवारी दुर्घटना हुँदा ३ नेपालीको मृत्यु

अमेरिकाको मिजुरीमा सवारी दुर्घटना हुँदा ३ नेपालीको मृत्यु

accident-newskarobar

अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा तीन नेपालीले ज्यान गुमाएका छन् ।

जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । दुर्घटना मंगलबार भएको बताइएको छ । श्रद्धाका बुबा-आमा घुम्न अमेरिका पुगेका थिए । गम्भीर घाइते कार चालक श्रद्धाका पति प्रभाश ओझा र ४ वर्षीय छोराको अस्पतालमा उपचार भइरहेको छ । उनीहरु टोयोटा आरएभीमा मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए । उनीहरुको गाडीलाई पछाडीबाट टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो ।

ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको थियो ।

प्रकाशित समय ०८:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु