fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ हङकङबासीले बनाइदिए फुङलिङमा शौचालय

हङकङबासीले बनाइदिए फुङलिङमा शौचालय

taplejung-fungling-newskarobar

हङकङमा बसोबास गर्दै आएका ताप्लेजुङबासीले सदरमुकाम फुङलिङमा सार्वजनिक शौचालय निर्माण गरिदिएका छन् । हङकङमा बसेर विभिन्न पेसा व्यावसाय गर्दै आएका उनीहरुले फुङलिङको तोक्मेडाँडास्थित हटियाबजार लाग्ने क्षेत्रमा शौचालय निर्माण गरिदिएका हुन् ।

२८ लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ समाज हङकङको अगुवाइमा शौचालय निर्माणका लागि बजेट सङ्कलन गरिएको थियो । फुङलिङमा सार्वजनिक शौचालय नहुँदा आन्तरिक तथा बाह्य पर्यटकका साथै सर्वसाधारणलाई समेत समस्या हुँदै आएको थियो । आफ्नो जन्मथलोको मुख्यबजारमा सार्वजनिक शौचालय नहुँदा देखिएको समस्यालाई मध्यनजर गर्दै शौचालय निर्माणमा आफूहरु जुटेको समाजका उपाध्यक्ष लोकेन्द्र आङवुहाङले बताए ।

शौचालयको उद्घाटन गर्दै नगरप्रमुख छत्रपति प्याकुरेलले अब कर्मचारी राखेर शौचालयको व्यवस्थापन गरिने बताए । सार्वजानिक शौचालय नहुँदा यहाँ आउने पर्यटक एवं सर्वसाधारणले शौच गर्नुपरे होटल तथा नजिकैको जंगलतर्फ जानुपर्ने बाध्यता थियो । (रासस)

प्रकाशित समय ०७:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु