fbpx
Nepal Mediciti

गृहपृष्ठ तीर्थराज निरौलालाई कारबाही गर्न सीआईबीलाई सिफारिस

तीर्थराज निरौलालाई कारबाही गर्न सीआईबीलाई सिफारिस

tirtha-niroula-newskarobar

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका अमर कुँवर र दिक्षा कुँवरमाथि ठगीको आरोप लगाई कारबाहीका लागि निवेदन दिने तीर्थराज निरौलालाई नै कारबाही गर्न नेपाली दूतावासले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सिफारिस गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधावीस्थित नेपाली दूतावासले नागार्जुन नगरपालिका–९ स्युचाटार घर भएका निरौलालाई कारबाही गर्न सीआईबीलाई सिफारिस गरेको हो ।

साउन १ गते दूतावासका श्रम सहचारी मोतिराम भुसालद्वारा हस्ताक्षरित पत्रमा निरौलालाई सम्बन्धित कागजातसहित आवश्यक कारबाही गर्न सिफारिस गरिएको छ । कुँवर दम्पतीले दूतावासमा जेठ २ गते दिएको निवेदनका आधारमा निरौलालाई कारबाहीको लागि सीआईबीलाई पत्र काटिएको दूतावासले जनाएको छ ।

यसअघि, वैशाख ३ गते निरौलाले कुँवर दम्पतीले आफूलाई ठगेको भन्दै दूतावासमा दिएको निवेदनका आधारमा दूतावासले उनीहरूलाई कारबाहीका लागि सीआईबीलाई सिफारिस गरेको थियो । सीआईबीले निरौला र कुँवरको व्यक्तिगत लेनदेनको विषय रहेकाले दूतावास र वैदेशिक रोजगार विभागले हेर्नुपर्ने बताएको छ । सीआईबीले जुलाई ७ मा दूतावासलाई पत्र काटेर पठाएको जनाएको छ ।

uae-newskarobar

प्रकाशित समय २०:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु