fbpx
Nepal Mediciti

गृहपृष्ठ वोनम्यारो पीडित सुनितालाई हङकङबाट सहयोग

वोनम्यारो पीडित सुनितालाई हङकङबाट सहयोग

sunita-gurung-newskarobar

पोखराकी वोनम्यारो पीडित सुनिता गुरुङको जीवन रक्षाका लागि हङकङबाट सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग प्राप्त भएको छ । २६ वर्षीया गुरुङको जीवन रक्षाका लागि सामाजिक अभियन्ता रिस्ता गुरुङ (सिमा) ले फेसबुकमार्फत ८० हजार रुपैयाँ संकलन गरी पठाइदिएका हुन् । पोखराका रोशन गुरुङले शुक्रबार रकम हस्तान्तरण गरेका छन् ।

कास्कीको घान्दु्रक घर भई हङकङमा घान्दु्रक हेयर एन्ड ब्युटीपार्लर सञ्चालन गर्दै आएकी सामाजिक अभियन्ता सिमाले चार दिन फेसबुक अभियानबाट उक्त रकम संकलन भएको बताएकी छन् । फेसबुक अभियानमा मिलननवीन गुरुङ, ज्योति गुरुङ, पास्नेरी शेर्पा, पुष्पा गुरुङ, चिजमन गुरुङ, जङबहादुर गुरुङ, सुदीप गुरुङ, आकाश गुरुङ, इन्द्र तेल्मे गुरुङ, पिन्की गुरुङ, प्रसाद गुरुङ, मुककाजी गुरुङ, एलिसा गुरुङ, लक्ष्मण गुरुङ, सुनिता गुरुङ, शान्ताहरि गुरुङ, तुल्सी गुरुङ, पितम सेन र रिस्ता गुरुङले सहयोग गरेको सिमाले बताइन् ।

यसअघि विभिन्न सामाजिक क्षेत्रमा दुःखी, गरिब तथा अनाथहरुका लागि सिमाले २८ लाखभन्दा बढी सहयोग गराएकी छन् । एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएकी सुनिता हाल बोनम्यारोबाट ग्रसित भएपछि दिदीसँग बस्दै आएकी छन् । विभिन्न सहयोगी दाताबाट रोशनमार्फत करिब ४ लाख ५० हजार रकम सुनितालाई प्राप्त भएको रोशनले जानकारी दिए ।

उपचारका लागि २० लाखभन्दा बढी रकम आवश्यक पर्नेमा करिब १५ लाख जुटिसकेको दिदी पवित्राले बताइन् । सुनिताका श्रीमान वैदेशिक रोजगारीमा छन् । ७ वर्षका छोराकी आमा सुनिता सासु–ससुराले बेवास्ता गरेकाले दिदीसँग बस्दै आएको बताउँछिन् ।

प्रकाशित समय ०६:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु