fbpx

गृहपृष्ठ रोजगारीका लागि कोरिया पुगेका ३२ नेपाली युवा कृषि तालिम लिँदै

रोजगारीका लागि कोरिया पुगेका ३२ नेपाली युवा कृषि तालिम लिँदै

south-korea-agro-training-newskarobar

रोजगारीका लागि दक्षिण कोरिया आएका केही नेपाली युवाले आधुनिक प्रांगारिक कृषि तालिम लिइरहेका छन् । स्वदेश फर्किएर कृषिक्षेत्रमा केही नयाँ काम गर्ने उद्देश्यसहित रोजगारीका लागि आएका युवा समय निकालेर कृषि तालिममा जुटेका हुन् । जुन १८ आइतबारदेखि सुरु भएको तालिम सेप्टेम्बर १ सम्म हुनेछ ।

इन्छनको मोइदोस्थित सिल्मिवन कृषि फार्ममा भएको तालिमको दोस्रो भागमा युवाले प्रांगारिक कीटनाशक औषधी कसरी बनाउने र बालीनालीमा कसरी हाल्ने भन्नेबारे जानकारी लिइरहेका छन् । बालीनालीमा लाग्ने किराफट्यांग्रा र तिनीहरुले ल्याउने विभिन्न किसिमका भाइरसको रोकथामका लागि आवश्यक पर्ने औषधी कसरी बनाउने, कसरी प्रयोग गर्ने, बीउविजन कसरी सुरक्षित राख्नेलगायतका विषयमा प्रांगारिक कृषि फार्मका सञ्चालक एवं कृषिविद् सिन सुन ख्योले युवालाई प्रशिक्षण दिइरहेका छन् ।

कृषिविद् ख्योले नेपालको हावापानीमा जुनसुकै प्रकारका बालीनाली र फलफूल सजिलै उत्पादन गर्न सकिने बताए । ‘नेपालको मौसम राम्रो भएकाले थोरै लगानीमा धेरै उत्पादन गर्न सकिन्छ,’ उनले भने ।

खाया इन्टरनेसनलले सउल नगरपालिकाको सहयोगमा आयोजना गरेको उक्त तालिममा ३२ जना नेपाली युवा सहभागी छन् । कृषिविद सिनले सन् २००२ देखि प्रांगारिक कृषि फार्म खोलेर कृषि बालीनाली तथा पशुपालनसम्बन्धी प्रशिक्षण दिँदै आएका छन् । प्रशिक्षणमा अन्य देशका युवा पनि सहभागी छन् ।

तालिम सञ्चालन हुनेसम्बन्धी जानकारी सामाजिक सञ्जालमार्फत दिइएको र पहिलो सम्पर्कमा आउने युवालाई प्राथामिकता दिइएको संयोजन यम श्रेष्ठले जानकारी दिए । किमे आप्रवासी सहयोग केन्द्रका सञ्चालक यज्ञराज सुवेदीको पहलमा तालिम सञ्चालन गरिएको उनले बताए । तालिममा ज्ञान सागर भण्डारीले भाषा अनुवाद गरिरहेका छन् । तालिम लिइरहेका युवा पनि उत्साहित देखिएका छन् ।

प्रकाशित समय १६:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु