fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ कतारमा रंगशाला निर्माणका क्रममा ९ वर्षमा १४ सय नेपालीको मृत्यु (भिडियोसहित)

कतारमा रंगशाला निर्माणका क्रममा ९ वर्षमा १४ सय नेपालीको मृत्यु (भिडियोसहित)

qatar-stedium-newskarobar

कतारमा फुटबल रंगशाला निर्माणका क्रममा ९ वर्षमा १४ सय नेपालीको मृत्यु भएको छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतारमा रंगशाला निर्माणका लागि लगिएका १४ सय नेपालीको मृत्यु भएको अरब न्युजले जनाएको हो ।

डब्लूडीआरको खोजमूलक भिडियो डकुमेन्ट्रीको आधारमा अरब न्युजले यो डरलाग्दो तथ्य सार्वजनिक गरेको हो । ‘ट्रयाप्ड इन कतार’ शीर्षकको डकुमेन्ट्रीमा उल्लेख भएअनुसार कतारमा रंगशाला बनाउन गएकामध्ये ११० नेपालीको प्रत्येक वर्ष मृत्यु हुने गरेको छ । तर, कतार रंगशाला निर्माणका क्रममा निधन भएका नेपालीका परिवारले कुनै राहत पाएका छैनन् ।

रंगशाला निर्माणका लागि लगिएका नेपाली पाएको दुःख कल्पनै गर्न नसकिनेखालको छ । डकुमेन्ट्रीमा एक नेपाली कामदार दिलप्रसाद भन्छन्, ‘हामी थुनिएका छौँ, हरेक दिन हामी रोटी र पानी खाएर काम गर्न बाध्य छौँ ।’

दुःख पाएर घर फर्किन चाहने नेपाली फर्किन नपाएको डकुमेन्ट्रीमा उल्लेख छ । कतारस्थित नेपाली दूतावासले पनि यसमा बेवास्ता गरिरहेको उनीहरूको दुखेसो छ । नेपालको अध्यागमन विभागले रंगशाला निर्माणका क्रममा नेपालीले दुःख पाएको जानकारी पाएर पनि केही पहल नगरेको बुझिएको छ ।  कतारको अवस्था र त्यहाँका नेपाली कामदारको अवस्थाबारे थाहा भएकाले नेपाली कामदारलाई त्यहाँ जान निरुत्साहित गरिरहेको समाचारमा उल्लेख छ ।

केही सुत्दासुत्दै, केही धेरै गर्मी भएर त कोही अव्यवस्थित बसोबासका कारण कतारमा ज्यान गुमाइरहेका छन् । ऋण काढेर कमाउन गएका बाराका किशोर तामाङ, नुवाकोटका जगत नेपालीलगायतको मृत्युको कथा उस्तै हृदयविदारक छ । यता, उनीहरूका परिवारले कुनै राहत पनि पाएका छैनन् ।

समाचारमा जनाइएअनुसार कतारको रंगशाला निर्माणमा खटेकामध्ये भारत र नेपालका कामदारको संख्या ५० प्रतिशत छ । (अरब न्युजबाट)

 

प्रकाशित समय १८:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु