fbpx
Nepal Mediciti

गृहपृष्ठ पोर्चुगलमा सडक दुर्घटना, एक नेपालीको निधन

पोर्चुगलमा सडक दुर्घटना, एक नेपालीको निधन

portugal-road-tunnel-newskarobar

युरोपेली देश पोर्चुगल आएका गुल्मीको मुसीकोट नगरपालिका–६ का ३६ वर्षीय युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा निधन भएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९M३० बजेतिर साइकलमा सवार रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा सोही राति निधन भएको हो ।

मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ । शर्मा एक वर्षअघि पोर्चुगल आएको लिस्बनमा रहेका उनका दाजु अमृतले जानकारी दिए । उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले  जनाएको छ । दाह संस्कारका लागि आवश्यक कानुनी प्रक्रिया सुरु भइसकेको एनआरएनए पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले बताए । नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानुनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्य दूतको कार्यालयले गर्ने जनाइएको छ ।

मृतकका आमाबुबासहित पाँच दाजुभाइ तथा एक दिदी छन् । सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले ज्यान गुमाइसकेका छन् । (रासस)

प्रकाशित समय ०८:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु