fbpx
Nepal Mediciti

गृहपृष्ठ भिसा प्रणाली सुधार गर्न कतार सहमत

भिसा प्रणाली सुधार गर्न कतार सहमत

विवादास्पद बहिर्गमन भिसा प्रणालीमा सुधार गर्न कतार सहमत भएको छ । भिसा प्रणालीमा यसै वर्ष सुधार गर्न कतार सहमत भएको संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) ले जानकारी गराएको हो ।

सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्ने अवसर पाएको कतारले आवश्यक पूर्वाधार निर्माणका लागि विदेशी कामदारलाई समय थप गरेर राख्न श्रम कानुनमा परिवर्तन गरेको थियो । जसअन्तर्गत गत वर्ष विदेशी कामदारको बहिर्गमन भिसा रद्द गरिएको थियो र रद्द अवधि यो वर्षका लागि पनि थप गरिएको थियो ।

कतारले सन् २०१८ सेप्टेम्बरमा विवादित ‘काफला’ भनिने प्रायोजन प्रणालीलाई समेत अनुमोदन गरेपछि आईएलओ सन्धिअनुसार श्रमिकको अधिकार हनन गरेको भन्दै विश्वका श्रमिक संगठनबाट विरोध हुँदै आएको थियो । ‘काफला’ प्रणाली लागू भएपछि विदेशी कामदारले देश छाड्नका लागि सम्बन्धित रोजगारदातासँग अनुमति लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । भिसा प्रणाली सुधार गर्न कतार सहमत भएसँगै काफला औपचारिक रूपमा खारेज हुनेछ ।

प्रकाशित समय १२:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु