fbpx
Nepal Mediciti

गृहपृष्ठ अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष अध्यागमन डेस्क

अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष अध्यागमन डेस्क

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार गैरआवासीय नेपाली लक्षित छुट्टै अध्यागमन डेस्क सञ्चालनमा आएको छ । गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेक्स स्थापना गरिएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले छुट्टै अध्यागमन डेक्सको लागि लबिङ गरिरहेको थियो । गत साता मात्रै संघका अध्यक्ष भवन भट्टले गृहमन्त्री रामबहादुर थापालाई भेटेर डेक्स स्थापनाबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए । डेस्कको उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताए ।
सरकारले गैरआवासीय नेपालीहरुलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्ने बताए । शनिबारदेखि सुरु हुने लगानी सम्मेलनमा समेत उत्साहपूर्वक सहभागी हुने उनको भनाई थियो ।
कार्यक्रममा अध्यक्ष भट्टसहित महासचिव बद्री केसी, उपाध्यक्षद्वय कुल आचार्य, कुमार पन्त, प्रवक्ता भूषण घिमिरे लगायतको उपस्थिति थियो ।

प्रकाशित समय १७:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु