nmb bank

गृहपृष्ठ Tag: चुनावी रणनीति

गठबन्धनमा भागबण्डाको लफडा, एक्लै पासा पल्टाउने तयारीमा ओली

गठबन्धनमा भागबण्डाको लफडा, एक्लै पासा पल्टाउने तयारीमा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनितिक रुपमा जतिसुकै खराब भएपनि केही पक्षमा अब्बल छन्, जसले उनको भावभंगीमा कहिल्यै परिवर्तन आउँदैन । उनी कहिल्यै आफुलाई कमजोर ठान्दैनन् । बरु जोसँग पनि अर्गेलो गर्नै पर्ने ओलीको स्वभाव पहिचान जस्तै बनेको छ । अहिले ओलीका लागि निकै कठिन समय चल्दैछ । मंसिर ४ को संसदीय निर्वाचनमा एमालेविरुद्ध आठ दल मोर्चाबन्दीमा जान थालेपछि गत निर्वाचनको १२१ सिट खर्लप्पै हुनसक्ने डरले ओली थुरथुर छन् । यद्यपी भावभंगीमा हलचल भएका छैन । बरु आफुलाई अझै शक्तिशाली देखाउने प्रयासमा ओली अहोरात्र छन् ।

चुनावी रणनीतिबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै
चुनावी रणनीतिबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४...