गृहपृष्ठ Tag: #१४ जना पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका–१६ पक्नाजोलस्थित सबल क्याफे एण्ड खाजा घरबाट अवैध लागुऔषध आइस ड्रग्स जस्तो पदार्थ ३ ग्राम ५ मिलिग्राम, चरेश जस्तो पदार्थ २ सय ६४ ग्राम, लाइजरजिक एसिड डाइथेलामाइड १३ पिस र पोल्याण्ड जस्तो पदार्थ ३८ ग्राम र नगद ४९ हजार रूपैयाँसहित जापानिज नागरिक युचिरो अबेमास्तु र ३ जना नेपाली समेत गरी चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।