गृहपृष्ठ Tag: विधेयक

प्रतिनिधि सभाबाट सत्य निरूपणसम्बन्धी विधेयक स्वीकृत भएको छ । 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्' भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...

‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ अघिल्लो हप्ता संसदमा दर्ता भएको छ । प्रतिनिधि सभामा दर्ता भएको यो विधेयकमार्फत् विभिन्न बीस वटा कानुन संशोधन गर्न लागिएको छ । यो विधेयकमार्फत्...

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेकी छन् । विधेयकको नाम र प्रमाणीकरण मिति यस प्रकारको छ ।...

संघीय संसदकाे चालु अधिवेशनसम्म आम चासोका रुपमा रहेका दर्जनाैं विधेयककाे चाङ लागेकाे छ । हाल दुवै सदनमा गरी कूल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये संघीय संसद्को तेस्रो अधिवेशनदेखिकै विधेयकहरु पनि अड्किएर रहेका छन् । प्रतिनिधिसभामा ४७ र राष्ट्रियसभामा १६ विधेयक...

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले ‘औषधि (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यस्तै बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य...

राष्ट्रियसभाको आजको बैठकमा कोभिड-१९ संकट व्यवस्थापन विधेयक, २०७८ प्रस्तुत भएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सो विधेयक प्रस्तुत गरेका थिए । विधेयक प्रस्तुत नगर्न कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएको सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले जानकारी गराए ।...

सरकारले मंगलबार दिउँसो सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकातिर संघीय संसदको प्रतिनिधि सभा अन्त्यकाे घोषणा गरिन् । विद्येयकहरुमाथि छलफल हुन्छ भनेका बेला सरकारले अधिवेशन नै अन्त्य गरेपछि विद्येयक अधिवेशन एउटा पनि विद्येयक पारित नगरी सकिएको छ । हाल प्रतिनिधिसभामा ४२...