गृहपृष्ठ Tag: राजनीतिक दल
निर्वाचन
निर्वाचनमा भाग नलिने दल भने दर्ता गर्ने

दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता, सञ्चालन र व्यवस्थापन गर्न पाउँछन् ।

राजनीतिक दलहरूले आज बिहीबारदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरूले आजबाट सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलले मंसिर...

रोल्पाको गंगादेव गाउँपालिका-५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर...

राजनीतिक दलका लागि वर्ष २०७८ को सबैभन्दा ठूलो उपलब्धि नै स्थानीय तह निर्वाचनको मिति तोकिनुलाई मानिएको छ । ‘यो वर्ष स्वस्थ रहेन’, नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, ‘धेरै अफ्ठ्यारा स्थितिहरु देखापरे । संसदले केही काम गर्न सकेन । सरकारले पनि कुनै...

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा आमन्त्रण गरी...

आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली...

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा तेइस राजनितिक दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका...

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक...

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेले जानकारी दिए । उनका अनुसार...

जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ । जसपाको केन्द्रीय कमिटिको बैठक भोलि आइतबारदेखि...