गृहपृष्ठ Tag: भागबण्डा

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसमा समानुपातिक उम्मेदवार छनोटमा सहमति गर्दा शेखर कोइराला पक्षले ३५ प्रतिशत पाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातभर भएको छलफलमा शेखर कोइराला समूहका उम्मेदवार करिब ३५ प्रतिशत समेटिएपछि सहमति भएको एक पदाधिकारीले जानकारी दिए । कांग्रेसले...

दसैं आयो, तर सत्ता गठबन्धनमा आवद्ध पाँच दलबीच भागबण्डा मिलेको खबर आएन । अब त झन, भाग मिलाउनेहरु पनि दसैं मनाउन लागिपरेपछि हात थापेर बसेकाहरुको टिकट आउने सम्भावना छैन । सत्ता गठबन्धनमा कति सहमति भयो, कति अड्कियो भन्ने एकीन तथ्यांक...

सत्तारूढ दलबीच आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाडफाँड लगभग टुंगिएकाे छ । तीन जिल्लाबाहेक सबै क्षेत्रकाे बाँडफाँड टुंगिएको एक नेताले जानकारी दिए । उनका अनुसार कांग्रेसले ८४ सिट, माओवादीले ४४ सिट र नेकपा एसले १६ सिट पाउने माेटामाेटी सहमति...

साउन २० मा कार्यदल बनाई भदौ पहिलोसाता भागबण्डा टुंग्याउने बताएको सत्ता गठबन्धनले असोज दोस्रो सातासम्ममा पनि सिट बाँडफाँट टुंग्याएको छैन । कार्यदल बाँडफाँट गर्न असफल भएपछि शीर्ष नेताहरु बालुवाटारको चक्कर काटिरहेका छन् । तर 'मेरै गोरुको बाह्रै टक्का'मा सबै दल...

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक शुक्रबार पनि निष्कर्षविहीन बनेपछि सहमति जुट्न सकेको छैन । आगामी निर्वाचनमा चुनावी तालमेल गरेका गठबन्धन दलहरुबीच सिट बाँडफाँटबारे महिनौँदेखि सहमति गर्ने प्रयास भइरहेको छ । तर, सहमति जुटेको छैन । शनिबार बिहान ११ बजेपछि पुनः...

सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र सिट बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ...

सिट बाँडफाँटबारे सत्ता गठबन्धन अझै सहमतिविहिन बनेको छ । पाँच दलबीच भागबण्डा मिलाउन कार्यदलदेखि शीर्ष नेताका बीच घनिभूत छलफल चलेपनि अझै सहमति नजुटेको हो । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको...

सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागि नभएपछि रोकिएको बैठक आज फेरि बस्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा बाँडफाँटको विषयलाई लिएर असन्तुष्ट बनेका उपेन्द्र यादव सहभागि भएनन् । फलतः बैठक आइतबार...

सत्ता गठबन्धनमा आवद्ध पाँच दलबीच प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमा भागबण्डा टुंग्याउने गरि गठन भएको कार्यदलले अपुरो प्रतिवेदन बुझाउने भएको छ । आज बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नेतालाई बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले...