गृहपृष्ठ Tag: #बौलाहा कुकुर
बौलाहा कुकुरको टोकाइबाट २० जना घाइते

वीरगन्जमा आज एउटा बौलाहा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् । रातो खैरो रंगको कुकुरले आज दिउँसो १ बजेदेखि शहरको विभिन्न स्थानमा मानिसहरूलाई टोक्दै हिँडेको र साँझसम्म नारायणी अस्पतालमा २० जनाभन्दा बढी मानिस उपचारका लागि आएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीले बताएका छन् ।