गृहपृष्ठ Tag: नवौं राष्ट्रिय खेलकुद

दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथी प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरेका छन् । यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव...

विभागिय टीम त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । १ सय ७२ स्वर्ण पदकसहित आर्मीले उपाधी कब्जा गरेको हो । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । आर्मीले थप १ सय...

गण्डकी प्रदेशमा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज बिहीबारबाट सम्पन्न हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिनेछ । ‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौंको समापानमा...

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा १ बजे सुरु हुने खेलले स्वर्ण पदक विजेताको टुंगो लाग्नेछ । यसअघि मंगलबार भएको...

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले...

नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्स अन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् । मंगलबार नै व्यक्तिगत उत्कृष्ट...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सशस्त्र प्रहरी बलकी वृन्द्राधन श्रेष्ठले महिला म्याराथनको स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा मंगलबार बिहान भएको म्याराथन दौडमा वृन्द्राले ४२.१९५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । रजत...

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले स्वर्ण पदक जितेका छन् । पर्वतका ३२ वर्षिय अनिशले राष्ट्रिय खेलकुदमा म्याराथनमा पहिलो पटक स्वर्ण जितेका हुन् । नेपाल आर्मी क्लबका कृष्ण बस्नेतले रजत र एपीएफका सन्तोषविक्रम विष्टले कांस्य जिते...

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०० मिटर महिला दौडमा एपीएफकी रमिता कुमारी थारुले स्वर्ण पदक जितेकी छन् । उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । पोखरा रंगशाला ट्रयाकमा मंगलबार बिहान सम्पन्न दौडमा रमिताले ५८.१० सेकेण्ड टाइमिङ सहित स्वर्ण जितेकी हुन् । उनले...