गृहपृष्ठ Tag: जनता समाजवादी पार्टी (जसपा)
जसपा राजनीतिक समितिको बैठक आज

कार्यकारिणी समितिको बैठकले यो विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो । त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डा पनि छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । आसन्न निर्वाचनलक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रतिबद्धतापत्र सार्वजनिक गरे । जसपाले संविधान संशोधन वा परिमार्जनको प्रस्ताव पनि अघि सारेको छ ।...

एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।...

जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ । संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा बाँडिएका बेला जसपाले...

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा आत्मघाती सहमति नगर्ने बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले गठबन्धनका नाममा कुनै पनि आत्मघाती कदम नउठाउने बताएका हुन् । प्रतिगमनकारी कदमको अन्त्यका लागि गठबन्धन बनाइएको उनले स्पष्ट पारे ।...

जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको बताएका छन् । पर्साको वीरगञ्जमा आज जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले साझेदार गठबन्धनबाट जसपालाई उचित स्थानसमेत दिनुपर्ने...

सत्ता गठबन्धनका एक शीर्ष नेता जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको खुलासा गरेका छन् । नेपाल–चीन मैत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपाल भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’...

विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) को काठमाडौँ र वीरगञ्जमा जारी बैठकमार्फत् नेताहरूले आ–आफनो कित्ताकाट गरेका छन् । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले काठमाडौँमा बोलाएको केन्द्रीय समिति बैठक र अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत आ–आफनो...

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन् । औपचारिक फुटनजिक पुगेको जसपामा मंगलबार आफूनिकट भेलाको आयोजना गर्दै पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले प्रस्तावमा भनेका छन्, ‘विभिन्न...

जनता समाजवादी पार्टी क्रमश: औपचारिक फुटतर्फ अघि बढेकाे छ । पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूपक्षीय भेला डाकेका छन् । केन्द्रीय समितिको साे बिस्तारित बैठक सुरु भएको छ । काठमाडौंको कोटेश्वरस्थित एक होटलमा बाबुराम समूहको बैठक सुरु भएको हो । यो बैठक...