nmb bank

गृहपृष्ठ Tag: उमाकान्त चौधरी

मन्त्री चौधरीलाई आयोगको २४ घन्टे स्पष्टीकरण
मन्त्री चौधरीलाई आयोगको २४ घन्टे स्पष्टीकरण

खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ । चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो । मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।...

कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरी निलम्बित
कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरी निलम्बित

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा परेका छन् । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई...

२०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाऔँ : मन्त्री चौधरी
२०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाऔँ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिएका छन् । हाल तीन प्रतिशतमात्र फोहर पानी प्रशोधन भएको तथ्यांक सरकारसँग छ । आठ वर्षमा ४८ प्रतिशत फोहर...

दिगो विकासमा आधारभूत सरसफाइ र खानेपानीको लक्ष्य पूरा हुने छ : मन्त्री चौधरी
दिगो विकासमा आधारभूत सरसफाइ र खानेपानीको लक्ष्य पूरा हुने छ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकासका लक्ष्यअन्तर्गत खानेपानी र सरसफाइका क्षेत्रमा आधारभूत खानेपानीको पहुँच, आधारभूत सरसफाइ र उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँचमा अपेक्षित लक्ष्य हासिल हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जबाफ...

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी
राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गरेका छन् । वर्षाको समय सुरु हुन लागेको र विगतमा झैँ खानेपानीको संरचनामा क्षति नहोस् भनेर यसका लागि आफू विज्ञ, कर्मचारीसहित अनुगमनमा आएको मन्त्री चौधरीले बताए । ...

चैत मसान्तमै मेलम्चीको पानी राजधानीका धारामा आउँछ : मन्त्री चौधरी
चैत मसान्तमै मेलम्चीको पानी राजधानीका धारामा आउँछ : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उनले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा...

चैतभित्रै काठमाडौँ पानी पुर्‍याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन
चैतभित्रै काठमाडौँ पानी पुर्‍याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् । बुधबार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले जनशक्ति तथा अन्य...