global ime bank Long Banner Ad

गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४०)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४०)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४०)

१. नेपालमा सबैभन्दा पहिले जनगणना गर्ने संस्था कुन हो ?

– सेन्सस गोश्वारा

२. सगरमाथा राष्ट्रिय निकुञ्जलाई कहिले विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो ?

– सन् १९७९

३. सातौँ टी–२० महिला क्रिकेटको आयोजक राष्ट्र कुन हो ?

– अस्ट्रेलिया

४. पन्ध्रौँ आवधिक योजनामा कतिवटा रूपान्तरणकारी आयोजना समेटिएको छ ?

– १८

५. नेपालको इतिहासमा छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?

– सिद्धिनरसिंह मल्ल

६. इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन कहिले भएको हो ?

– सन् २०२० फेब्रुअरी २५

७. अमेरिका र अफगानी तालिवानबीच शान्ति सम्झौतामा हस्ताक्षर कहिले भएको हो ?

– सन् २०२० फेब्रुअरी

८. प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा दुई माध्यम छुट्टिने बिन्दुबाट बाङ्गिएर जाने क्रियालाई के भनिन्छ ?

– प्रकाशको आवर्तन

९. विश्व इतिहासमा ‘म्यान अफ ब्लड एन्ड आइरन’ भनी कसलाई चिनिन्छ ?

– विस्मार्क

१०. विद्युत् धाराको आधारभूत एकाइ एम्पियर (ए) हो भने तापक्रमको आधारभूत एकाइ के हो ?

– केल्भिन (के)

११. राष्ट्रिय परिचयपत्र पाउनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?

– १६ वर्ष

१२. ‘कुशल शासकहरू भविष्यको सोचाइ गर्छन् तर नेताहरूलाई चुनावको मात्र चिन्ता हुन्छ’ भन्ने विचारक को हुन् ?

– अब्राहम लिङ्कन

१३. नेपालको पहिलो दूतावास कहाँ खोलिएको हो ?

– बेलायत

१४. नेपालमा निःशुल्क प्रसूति सेवा कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

– २०६५ माघ १

१५. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

– मोहन कोइराला

१६. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?

– शुक्ल पक्ष

१७. पन्ध्रौँ आवधिक योजना कहिले स्वीकृत गरिएको हो ?

– २०७६ फागुन १९

१८. मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई के भनिन्छ ?

– एन्जियोप्लास्टी

१९. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?

– बुचो

२०. लियोनार्दो दा भिन्चीको सबैभन्दा चर्चित सिर्जना कुन हो ?

– मोनालिसा

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु