global ime bank Long Banner Ad

गृहपृष्ठ ‘हिमचितुवा’को अन्तिम बिदाइ (तस्बिरहरू)

‘हिमचितुवा’को अन्तिम बिदाइ (तस्बिरहरू)

‘हिमचितुवा’को अन्तिम बिदाइ (तस्बिरहरू)

कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ बुधबार बाैद्धस्थित शेर्पा गुम्बामा  अन्तेष्टि गरिएको छ । उनको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय झण्डा ओढाइएका थिए भने सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । राजनीतिककर्मी, पर्यटन तथा पर्वतारोण पेशा र व्यवसायमा आवद्ध व्यक्ति, शुभचिन्तकहरू शेर्पाप्रति श्रद्धाञ्जलि अर्पण गर्न बाैद्ध पुगेका थिए ।

सोलुखुम्बुको थामेमा जन्मिएका उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए । पहिलोपटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले विनाअक्सिजन पहिलोपटक सन् १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यसै कारण उनलाई ‘हिम चितुवा’ उपनाम दिइएको थियो । शेर्पाको सोमबार जोरपाटीस्थित निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो ।

(तस्बिरहरू : रासस)

प्रकाशित समय : १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु