global ime bank Long Banner Ad

गृहपृष्ठ बुहारी बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ

बुहारी बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ

बुहारी बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ

आफ्नै बुहारीलाई बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका- ९ बस्ने ४५ वर्षीय पुरूषलाई पक्राउ गरेको हो ।

आरोपित ती पुरूषले २० वर्षीया बुहारीलाई पटक-पटक बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिले गत साउन १६ गते र भदौ ३१ गते बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।

प्रहरी कार्यालयका अनुसार अदालतबाट म्याद थप गरी पक्राउ परेका पुरूषउपर आवश्यक अनुसन्धान शुरू भइसकेको छ ।

प्रकाशित समय : २१:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु