global ime bank Long Banner Ad

गृहपृष्ठ थप १,१७२ जनामा कोरोना संक्रमण, १,८९३ जना डिस्चार्ज

थप १,१७२ जनामा कोरोना संक्रमण, १,८९३ जना डिस्चार्ज

थप १,१७२ जनामा कोरोना संक्रमण, १,८९३ जना डिस्चार्ज

कोरोना भाइरस संक्रमितको संख्या ६७ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ४ सय ४९ पीसीआर परीक्षण गर्दा देशभर १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएकासहित देशभर संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको जानकारी दिए । उनका अनुसार गएको २६ घण्टाभित्र १ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

बुधबार देशभर १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म ४ सय ३६ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।

प्रकाशित समय : २२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु