गृहपृष्ठ बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी

बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी

बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी

बाजुराको बुढीगंगा नगरपालिका मेयर/उपमेयर दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ । भर्खरै सकिएको मत गणनाअनुसार १० वडामध्ये ७ वडाध्यक्षसहित एमाले उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ ।

मेयरमा विजयी भएका एमालेका रामबहादुर बानियाँले ४ हजार ७७७ मत प्राप्त गरेका छन्  । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत पाए । उपमेयरमा निर्वाचित एमालेकी मायाकुमारी खड्का (कुँवर)ले ४ हजार ७२७ मत पाउँदा कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत पाएकी छन् ।

नगरपालिकाको १० वटा वडामध्ये १, २, ३, ५, ६, ९ र १० मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै एमालेले जितेको छ भने वडा नम्बर ४, ७ र ८ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन अयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो । १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु