गृहपृष्ठ युवकसँग होटेलमा बस्न गएकी युवती मृत फेला
युवकसँग होटेलमा बस्न गएकी युवती मृत फेला

रुपन्देहीको बुटवलस्थित एक होटेलमा युवती मृतावस्थामा फेला परेकी छन् । बुटवल उपमहानगरपालिका-३ मा रहेको रहेको पाल्पाली होटेलमा बुटवल-११ की २१ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गएराति ती युवती र एक युवक होटेलमा बस्न गएका थिए । 'ती युवती र युवा राति साढे १० बजे सो होटेलमा गएको खुलेको छ । युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटेल सञ्चालकले फोन गर्नुभएको थियो,' उनले भने ।
युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित समय : १८:१२ बजे