nmb bank

गृहपृष्ठ किन आउँदैछन् चिनियाँ कम्युनिष्टका उच्च नेता ?

किन आउँदैछन् चिनियाँ कम्युनिष्टका उच्च नेता ?

किन आउँदैछन् चिनियाँ कम्युनिष्टका उच्च नेता ?

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ तीन दिने भ्रमणका लागि आज काठमाडौं उत्रिदै छन् । काठमाडौंमा रहँदा उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्नेछन् । त्यसमाथि पनि कम्युनिष्ट पार्टीका नेताहरुसँगको भेटघाटलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।

किनकी चीनले यतिवेला कम्युनिष्ट पार्टीहरुबिचको चुनावी एकता वा पार्टी एकता नै चाहिरहेको छ । चीनले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा समाजवादीलाई एकै ठाउँमा आउनको लागि आग्रह गरिरहेको छ । केही समय अगाडी विदेश विभाग प्रमुखमा नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो । उनले नेपाललाई पहिलो विदेश भ्रमणको रुपमा छनौट गरेका छन् ।

यसबाट नेपाल चीनको उच्च प्राथमिकतामा रहेको स्पष्ट हुन्छ । कम्युनिष्ट दलहरुबीचकाे एकताको लागि पहल गर्नुको साथै शेरबहादुर देउवा नेतृत्वको सरकारसँग सुमधुर सम्बन्ध बनाउनु उनको भ्रमणको अर्काे उदेश्य हो ।

देउवा नेतृत्वको सरकार बनेपछि दुई देशको सम्बन्ध त्यति सुमधुर हुन सकेको छैन । वर्तमान सरकारले सिमा विवादलाई उछालेको चीनको बुझाई छ । त्यसैगरी रसिया युक्रेन युद्धमा नेपालले अमेरिकाको साथ लिएको विषयमा पनि चीन खुसी छैन् । यही विषयमा छलफल गर्नका लागि परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने तयारीमा छन् । सम्भवत लिउकाे यो भ्रमण लगत्तै खड्काको चीन भ्रमणको मिति तय हुनेछ ।

चार महिना अगाडी चिनियाँ विदेशमन्त्री वाङ यि नेपाल भ्रमणमा आएका थिए । पछिल्लो समय नेपालमा बढ्दो अमेरिकी प्रभावप्रति चिनले चिन्ता व्यक्त गदै आइरहेको छ । त्यसैले भ्रमणको उदेश्य अमेरिकी प्रभावलाई कम गर्नु हो । पछिल्लो समयमा नेपालमा तिब्बती शरणार्थीहरुको गतिविधी बढेकोमा उसले चिन्ता व्यक्त गदै आएको छ ।

त्यसैगरी पछिल्लो समयमा केही जलविद्युत परियोजना चिनियाँ कम्पनीबाट खोसेर भारतलाई दिएपछि चीन असन्तुष्ट भएको छ । यो विषयमा पनि उसले नेपाली नेताहरुसँग कुराकानी गर्नेछन् । त्यसैगरी चिनियाँ लगानीकर्ताले भोगेका विषयहरुमा समेत उनले कुराकानी गर्नेछन् ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु