गृहपृष्ठ चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीसहित १० जनाकाे आवेदन

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीसहित १० जनाकाे आवेदन

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीसहित १० जनाकाे आवेदन

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् । आइतबार आवेदन दिने अन्तिम दिन रहेको थियाे ।

अभिनेता केसीसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएका छन् । सञ्चार मन्त्रालय अन्तर्गतको संस्थान समन्वय शाखाका प्रमुख मुकुन्द शर्माले आवेदन दिनेको नाम समितिले स्वीकृति प्रदान गरेपछि मात्रै सार्वजनिक गरिने जानकारी दिए ।

बोर्डको अध्यक्ष पदका लागि असार ५ गते सूचना प्रकाशित गर्दै खुलेको आवेदनमा मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, स्नातक उत्तीर्ण गरी चलचित्रमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह पास गरी चलचित्र क्षेत्रमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड ताेकिएकाे थियो ।

दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।

प्रकाशित समय : २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु